राजनीति

न्यायाधीशहरुसँगको छलफमा बारले भन्यो : राणाको राजीनामा बटमलाइन

By खबरहब

November 15, 2021

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै आन्दोलन गरिरहेको बार एशोसिएशन र राणाको राजीनामा माग्दै इजलास बहिस्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीशहरुबीच सोमबार छलफल भएको छ ।

छलफलमा बारले प्रधान्यायाधीश राणाको राजीनामा बटमलाइन भएको स्पष्ट पारेको छ । सोमबारको छलफलबारे बार अध्यक्ष चण्डेश्वर श्रेष्ठले खबरहबसँग भने, ‘प्रधानन्यायाधीशको राजीनामा हाम्रो बटमलाइन हो भन्ने कुरा न्यायाधीशहरुसँग भनेका छौँ । राजीनामाका लागि सहयोग गर्न आह्वान गरेका छौँ ।’

जवाफमा न्यायाधीशहरुले आपसी छलफल गरेर मंगलबार फेर बारसँग छलफल गर्ने बताएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनले मंगलबार पनि न्यायाधीशहरुसँग छलफल हुने बताए ।

सोमबारको छलफलमा केही न्यायाधीशहरु अनुपस्थित भएको विषयमा बाहिर गलत हल्ला भएको उनले दाबी गरे । मंगलबारका छलफलमा सर्वोच्चका सबै न्यायाधीशहरु सहभागी हुने बताए ।