राजनीति

आन्दोलनमा प्रहरीको हस्तक्षेपप्रति बारको आपत्ति

By खबरहब

November 15, 2021

काठमाडौँ– कानून व्यवसायी र सुरक्षाकर्मीबीच भएको धकेलाधकेलमा दुई कानून व्यवसायी घाइते भएकोप्रति नेपाल बार एशोसिएशनले आपत्ति जनाएको छ ।

सोमबार सार्वोच्च अदालत परिसरमा प्रहरी र कानूनव्यवसायीहरुबीच भएको धकेलाधकेलमा बारका उपाध्यक्ष अधिवक्ता सुरेन्द्र थापा मगर र काठमाडौँ जिल्ला अदालत बार इकाई कार्यसमितिका सदस्य अधिवक्ता वीरेन्द्र पाठक घाइते भएका छन् । प्रहरीको बुट प्रहारबाट पाठकको खुट्टामा चोट लागेको छ ।

बारले विज्ञप्ति जारी गर्दै आफूहरुको माइक समेत खोसिएको जनाएको छ । शान्तिपूर्ण आन्दोलनमा सुरक्षाकर्मी राखी अदालतलाई प्रहरी ब्यारेक बनाउन खोजिएको भन्दै बारले प्रहरी हस्तक्षेपप्रति आपत्ति जनाएको छ ।