देश/प्रदेश

शताब्दी पुरुष जोशीलाई राष्ट्रिय परिचय पत्र प्रदान

By खबरहब

November 15, 2021

काठमाडौँ– वांगमय शताब्दी पुरुष डा सत्यमोहन जोशी र उनका पत्नी राधादेवी जोशीलाई सोमबार राष्ट्रिय परिचय पत्र प्रदान गरिएको छ । गृहसचिब टेकनारायण पाण्डेले परिचय पत्र प्रदान गरे ।

परिचय पत्र प्रदान कार्यक्रममा राष्ट्रिय परिचय पत्र विभागका महानिर्देशक तिर्थराज भट्टराई, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, ललितपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अजरमान जोशी, विजय अवालेलगायतको उपस्थिति थियो।