सांकेतिक तस्बिर

राजनीति

कांग्रेस जिल्ला सभापतिका लागि १५ हजार उम्मेदवारी शुल्क

By खबरहब

November 15, 2021

काठमाडौँ– नेपाली कांग्रेसले उम्मेदवारी दर्ता शुल्क तोकेको छ। कांग्रेसले १४औं महाधिवेशनका लागि विभिन्न तह र पदको उम्मेदवारी शुल्क तोकेको हो ।

कांग्रेसले प्रदेश सभापतिका लागि १५ हजार  उम्मेदवारी शुल्क तोकेको छ ।

यस्तै उपसभापति र सचिवका लागि सात हजार शुल्क निर्धारण गरिएको छ । प्रदेश सहसचिवका लागि भने ५ हजार शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।

पार्टीको अनुसूची २५ अनुसार उम्मेदवारी शुल्क तोकिएको कांग्रेसले जनाएको छ ।