क्रिकेट

टी–ट्वान्टी सिरिज पाकिस्तानलाई

By खबरहब

December 15, 2021

काठमाडौँ – वेस्ट इन्डिजलाई हराउँदै घरेलु टोली पाकिस्तानले दोस्रो टी–ट्वान्टी सिरिज जितेको छ ।

कराँचीमा गएराति भएको खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई ९ रनले हराएको हो । यस जितसँगै पाकिस्तानले तीन खेलको सिरिज एक खेल अगाबै २–० ले जितेको छ ।

पाकिस्तानले दिएको १ सय ७२ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा अलआउट हुँदै १ सय ६३ रन मात्र बनायो । यस अघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।