फाइल फोटो

राजनीति

कांग्रेस वरिष्ठ नेता पौडेलले भने, ‘सरकारले सदन खुलाउनुपर्छ’

By खबरहब

December 15, 2021

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले अवरुद्ध सदन खुलाउन सार्थक प्रयास गर्नुपर्ने सुझाव दिएका छन् ।

नेता पौडेलले आज विज्ञप्ति जारी गर्दै सदनले मात्र देशलाई लोकतान्त्रिक गति दिने उल्लेख गर्दै संसद् खुलाउन सबै पक्षको सार्थक प्रयासको खाँचो औँल्याए । “राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने क्रियाकलापप्रति सचेत रहन म आम नागरिकको ध्यानाकर्षण गराउँछु”,विज्ञप्तिमा उल्लेख छ ।

आजै बिहान सामाजिक सञ्जालमार्फत उनले राष्ट्रलाई अनिश्चिततातर्फ धकेल्ने एमालेको क्रियाकलाप आपत्तिजनक रहेकाले त्यसतर्फ सचेत रहन नागरिकको ध्यानाकर्षण गराएका थिए ।

‘६ महिनाको समयमा दुई/दुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्‍याउने एमाले ओलीले महिनौं दिनदेखि संसद अवरोध गरेर विघटन सही थियो भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरतातर्फ धकेल्ने दुष्प्रयास गर्दैछन्।’ नेता पौडेलले लेखेका छन् ।