आर्थिक

घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

By खबरहब

December 15, 2021

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रूपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला ९२ हजार ८०० मा कारोबार भएको पहेँलो धातुको मूल्य प्रतितोला ५००ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० छ जसको मूल्य मङ्गलबार प्रतितोला ९२ हजार ३०० तोकिएको थियो ।

आज चाँदी अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रहेको महासङ्घले जनाएको छ । चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २१० मा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७० डलर आसपास कारोबार भइरहेको छ ।