अन्य

सिलवाललाई राखेप सदस्य सचिवमा पुनःबहाली गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश

By खबरहब

December 15, 2021

काठमाडौँ– सर्वोच्च अदालतले रमेशकुमार सिलवाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवमा पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ ।

अदालतले युवा तथा खेलकुद मन्त्रालयले नियुक्त गरेको नयाँ सदस्य सचिव टंकलाल घिसिङलाई काम गर्न नदिन आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले बुधबार सिलवाललाई पुनःवहाली गर्न अन्तरिम आदेश दिएको हो ।

ओली सरकारले नियुक्त गरेका सिलवाललाई देउवा सरकारले ग कात्तिक १ गते सिलवाललाई सदस्य सचिवबाट पदमुक्त गर्ने निर्णय गरेको थियो ।

सदस्य सचिवबाट आफुलाई पदमुक्त गर्ने निर्णय गैरकानुनी रहेको दाबी गर्दै सिलवालले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।