राजनीति

नेपाल र भारतबीचको सम्बन्ध बिगार्न केही शक्ति लागेको भारतीय रक्षामन्त्री सिंहको टिप्पणी (भिडियो)

By खबरहब

December 15, 2021

काठमाडौँ– भारतीय रक्षामन्त्री राजनाथ सिंहले नेपाल र भारतबीचको सम्बन्ध बिगार्न केही शक्ति लागिरहेको टिप्पणी गरेका छन् । भारतको देहरादुनमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा उनले नेपालसँगको सम्बन्धबारे बोलेका हुन् ।

तर, उनले नेपाल र भारतबीचको सम्बन्ध बिगर्न को शक्ति सक्रिय छ भन्ने विषयमा भने केही उल्लेख गरेनन् ।

समााचार एजेन्सी एनआईका अनुसार कार्यक्रममा मन्त्री सिंहले भनेका छन्, ‘सरकारी प्रतिनिधिको हैसियतमा म तपाईंलाई भन्न चाहन्छु, शीर झुकाउनु पर्‍यो भने झुकाउँछौं तर, छिमेकी नेपालसँगको सम्बन्ध टुट्न दिँदैनौं ।’

राजनाथ सिंह मोदी सरकारका तेस्रो वरीयताका मन्त्री हुन् । भाजपाका पूर्व अध्यक्षसमेत रहेका सिंह नेपालप्रति नरम दृष्टिकोण राख्ने भारतीय नेता मध्ये पर्छन् । नेपाल र भारतबीचको सम्बन्धमा नेपालले नयाँ संविधान जारी गरेपछि उतारचढाव आइरहेको छ ।