समाचार

उच्च र जिल्ला अदालतमा पनि माघ २ देखि गोला प्रथा लागू गर्ने फुलकोर्टको निर्णय

By खबरहब

December 15, 2021

काठमाडौँ– सर्वोच्च अदालतमा हालै सुरु भएको गोला प्रथाबाट पेशी तोक्ने प्रक्रिया अब उच्च अदालत र जिल्ला अदालतमा पनि लागू हुने भएको छ । बुधबार बसेको सर्वोच्चको फुलकोर्ट बैठकले माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा पनि गोला प्रथाबाट पेशी तोक्ने निर्णय गरेको छ ।

बुधबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाहेकको न्यायाधीशहरुको फुलकोर्ट बैठक बसेको थियो । न्यायालय सुधारका लागि भन्दै बार एसोसिएसनले आन्दोलन गर्नै आएको भने प्रधानन्यायाधीश राणासँग अन्य न्यायाधीशहरुले इजलास शेयर बन्द गरेका छन् । बारले प्रधानन्यायाधीश राणाको राजीनामा मागिरहेको छ ।

गोला प्रथा लागू गर्नेगरी जिल्ला अदालत नियमावली २०७५ संशोधन गर्ने निर्देशन फुलकोर्टले प्रशासनलाई दिएको छ ।