राजनीति

महाधिवेशनको अन्तिम परिणाम पुस १० भित्र आउँछ : खाँण

By खबरहब

December 15, 2021

काठमाडौँ– नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री बालकृष्ण खाँणले नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गतको सवै मत परिणाम पुस १० गतेभित्र आइसक्ने बताएका छन् ।

पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै खाँणले पुस १० गतेसम्म निर्वाचन आयोगमा पार्टी पदाधिकारीको नाम बुझाइसक्नुपर्ने भएकाले त्यसअवधिमा नै महाधिवेशन अन्तर्गतको सवै मत परिणाम आइसक्ने बताए।

उनले महाधिवेशनको सम्पूर्ण काम पुरा भएपछि पार्टीको निर्वाचन समितिले पार्टीलाई प्रतिवेदन बुझाउने र सोही आधारमा निर्वाचन आयोगमा नवनिर्वाचित समितिको नाम बुझाउने जानकारी दिए।