राजनीति

१४ सय मत गणना हुँदा धनराजको अग्रता कायमै, गच्छदारलाई भण्डारीले उछिने

By खबरहब

December 15, 2021

काठमाडौँ– नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । निर्वाचन समितिले बुधबार उपसभापति पदको मतगण्ना सुरु गरेको । पार्टी कार्यालय सानेपामा जारी उपसभापति पदको मतगणनाको नतिजा सार्वजनिक गरिएको छ ।

१४०० मत गन्दा धनराज गुरुङले ५८८ र पूर्णबहादुर खड्काले ५४४ मत पाएका छन् । तेस्रोमा रहेका स्थानमा रहेका चन्द्र भण्डारीले ५०१मत पाएका छन् भने चौथोमा रहेका विजयकुमार गच्छदारले ५०० मत पाएका छन्।

२ जना उपसभापतिका लागि ७ जना प्रतिस्पर्धामा छन्। विजयकुमार गच्छदार, पूर्णवहादुर खड्का, धनराज गुरुङ, डा चन्द्र भण्डारी, महेश आचार्य र दिव्यश्वरी शाह र सुजाता कोइराला उम्मेद्वार छन् । सभापतिमा विजयी शेरबहादुर देउवाको प्यानलबाट गच्छदार र खड्का तथा सभापतिमा पराजित डा शेखर कोइरालाको प्यानलबाट भण्डारी र गुरुङ उम्मेदवार छन् ।

निर्वाचन समितिले उपसभापतिको गणना सकिएपछि महामन्त्रीको गणना गर्ने जनाएको छ । १३४ सदस्यीय कार्यसमिति महाधिवेशनले चयन गर्नेछ । ती मध्ये सभापतिमा देउवा विजयी भएका छन् भने केन्द्रीय सदस्यमा आनन्द ढुंगना र रमेश रिजाल निर्विरोध निर्वाचित भएका छन् । अब १२९ पदको मतगणना हुन बाँकी छ । मतगण्ना सम्पन्न हुन एक हप्ता लाग्न सक्ने निर्वाचन समितिले जनाएको छ ।