अन्तर्राष्ट्रिय

गोप्य मुद्दामा तिब्बती लेखकलाई १० वर्ष जेल सजाय

By खबरहब

December 15, 2021

ल्हासा : तिब्बती लेखक गो शेराब ग्यात्सोलाई चिनियाँ अदालतले १० वर्षको जेल सजाय सुनाएको छ । शिक्षाविद् समेत रहेका ग्यात्सोलाई तिब्बतस्थित एक चिनियाँ अदालतले गोप्य मुद्दाको नाममा १० वर्षको जेल सजाय सुनाएको हो ।

४६ वर्षीय ग्यात्सो सिचुआनको ङाबास्थित किर्ती विहारका भिक्षुसमेत हुन् । निर्वासित आध्यात्मिक नेता दलाई लामाप्रति वफादार व्यक्त गर्ने लेखकको रुपमासमेत परिचित उनलाई सन् २०२० अक्टोबर २६ मा चीनका सुरक्षा एजेन्टहरुले अज्ञात अभियोगमा हिरासतमा राखेका थिए ।

सो समयदेखि हिरासतमा रहेका ग्यात्सोलाई तिब्बतस्थित चिनियाँ अदालतले दुई दिनअघि सम्पन्न मानव अधिकार दिवसको दिनमा १० वर्षे जेल सजाय सुनाएको थियो । हाल उनलाई तिब्बतको राजधानी ल्हासास्थित जेलमा पठाउने तयारी भइरहेको रेडियो फ्रि एसियाले जनाएको छ। एजेन्सी