अटो

‘भीभो सेल्स कार्निभल’ मा उपहार जित्ने मौका

By खबरहब

December 15, 2021

काठमाडौँ- स्मार्टफोन ब्राण्ड भीभोले आफ्नो चौथो वार्षिकोत्सवका अवसरमा ‘भीभो सेल्स कार्निभल’को उद्घाटन गरेको छ।

१५ डिसेम्बरदेखि ५ जनवरी २०२२ सम्म २२ दिन संचालन हुने सेल्स कार्निभलमा ग्राहकहरुले आकर्षक उपहारका पाउने छन्। जहाँ आकर्षक उपहारहरु र डिस्काउन्टको व्यवस्था गरिएको बताइएको छ। भीभोले भी २०, भी २० एस.ई, भी २१, भी २१ ई र वाई १२ एस् को खरीदमा ल्यापटप, हेडफोन, भी २१ ई ह्याण्डसेट, ब्ल्युटुथ स्पीकर र इएरबडस् जस्ता आकर्षक उपहारहरु जित्ने मौका पाइने जनाएको छ।

यो अवधिमा भीभोको फोन किन्ने हरेक ग्राहकहरुले निर्धारित समय भन्दा थप महिनाको वारेन्टी पनि पाउन सक्नेछन्। नेपाली ग्राहकहरुलाई आकर्षित गर्न भीभोले प्रत्येक वर्ष सेल्स कार्निभलको आयोजना गर्दै आएको छ।

उक्त अवसरमा बजारमा नयाँ प्रवेश गरेको वाई सिरिज् अन्तर्गतको वाई १५ स्मार्टफोनको पनि लन्च गरिएको छ । भीभोले निरन्तर रुपमा नयाँ प्रविधिमा आधारित र ग्राहकको क्षमताले भ्याउने स्मार्टफोनहरु ग्राहकहरुलाई उपलब्ध गराउँदै आएको बताएको छ।