फाइल तस्बिर

देश/प्रदेश

आजको मौसम : मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना

By खबरहब

April 16, 2021

काठमाडौँ – प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा शुक्रबारको मौसममा आंशिक देखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस बाहेक अन्य क्षेत्रमा आंशिक बदली रहने मौसमविद्ले बताएका छन्।

प्रदेश १ र सूदरपश्चिम प्रदेशका लगायत अन्य प्रदेशका पहाडी भूभागहरुका थोरै स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति पनि प्रदेश १ र सूदरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

प्रदेश १ र सूदरपश्चिम प्रदेशका थोरै स्थानहरुमा र बाँकी पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको मौसमविद प्रतीभा मानन्धरले बताइन ।

अहिले बिहान देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बादली र बाँकी भूभागमा आंशिक बदली रहेको अवस्था छ। हाल देशमा स्थानीय वायु र पश्चिमी न्युन चापीय रेखाको प्रभाव रहेको छ।

देशका पहाडी भूभागका थोरै स्थानमा अपरान्ह र साँझतिर मेघगर्जन, चट्टयाङ् र हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।