रोचक/विचित्र संसार

गँगटाले स्याउ खाएको भिडियो भाइरल

By खबरहब

May 16, 2021

गँगटाले स्याउ खान्छ होला ? खान्छ भन्दा धेरैलाई पत्यार नलाग्ला । तर सामाजिक सञ्जाल ट्विटरमा एउटा गगँटाको भिडियो अहिले चर्चामा छ । यो भिडियोमा गगँटाले मज्जाले स्याउ खाएको देख्न सकिन्छ ।

कैयौं अभिभावकले आफ्ना बालबालिकालाई खानपान गर्ने तरिका सिकाउँछन् । तर पनि बालबालिका सिके अनुसार मज्जाले खान जान्दैनन् । तर यो गँगटाको ख्वाई भने निकै सालिन र चर्चित बन्यो ।

केवल १५ सेकेण्डको यो भिडियोमा गँगटाले एउटा स्याउको टुक्राबाट ससाना टुक्रा बनाई कपाकप मुखमा पुर्याउदै खान्छ । जो अत्यन्त रोमाञ्चक देखिन्छ । गँगटाले आचरणपुर्वक स्याउ खाएको यो भिडियो लाखौं पटक हेरिएको छ ।

Just a crab eating eating an apple slice, nothing else. pic.twitter.com/z4P3ASvHSb

— Nature & Animals🌴 (@AnimalsWorId) April 25, 2021