रोचक/विचित्र संसार

विमान भित्रै दुई युवाको यस्तो हर्कत ! (भिडियोसहित)

By खबरहब

September 16, 2021

काठमाडौँ– हवाइजहाजमा उडानका क्रममा सामान लान निश्चित तौल निर्धारण गरिएको हुन्छ ।

त्यसैले प्राय मानिस तोकिएको तौल भन्दा बढि नहोस् भन्नेमा सचेत हुन्छन् । तर अहिल सामाजिक सञ्जालमा एक भिडियो भाइरल बनेको छ ।

सामाजिक सञ्जाल इन्स्टाग्राममा भाइरल बनेको यस भीडियोमा विमान भित्रको दृष्य रोचक छ । जहाँ यात्रु सिटमा बसेका दुइ व्यक्ति धमाधम आफ्नो कपडा फुकालिरहेका देखिन्छन् ।

यी दुबैले एक माथि अर्काे गर्दै धेरै संख्यामा कपडा लगाएका थिए । जो विमानमा प्रवेश गर्नासाथ उनीहरुले फुकालेका थिए ।

अधिकाशं विमानले उडानका क्रममा यात्रुले केवल १५ किलोग्रामसम्म वजनको मात्र सामान निशुल्क बोक्न पाउने व्यवस्था छ ।

जसका कारण धेरै यात्रुले त्यसभन्दा बढि भएको सामान विमानस्थलमा नै छाड्नुपर्ने हुन्छ । तर यहि समस्याबाट बच्न उनीहरुको जुक्ति लगाएको पाइएको हो ।

स्रोत- जी न्यूज

हेरौँ भिडियो

 

View this post on Instagram

 

A post shared by Tube indian 💀🇮🇳 (@tube.indian)