रोचक/विचित्र संसार

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

By खबरहब

October 16, 2021

१. राजधानी स्पेन

टोबागो भन्ने देशको राजधानीको नाम एउटा युरोपीय देशको नामसँग मिल्छ । जसको नाम स्पेन हो ।

२. स्टारफिस

स्टारफिसको गिदी हुँदैन ।

३. खेर फालेका खानेकुरा

एक अनुसन्धान अनुसार एक दिनमा अमेरिकीहरुले जति खानेकुरा खेर फाल्छन्, त्यतिले २ लाख ४० हजार १८४ जनालाई एक वर्षसम्म मजाले खान पुग्नेछ ।

४. उचाइ र ऐना

६ फिट उचाइ भएको व्यक्तिलाई उसको पूरा शरीर हेर्न ३ फिटको ऐना भए पुग्छ । अर्थात् एक व्यक्तिको उचाइ कति छ त्यस उचाइको आधा नाप बराबरको ऐना भ त्यस ऐनामा उसको पूरा शरीर देखिन्छ ।

५. डबल इन्ट्री बुक

सन् १३४० तिर युरोपका ब्यापारीहरुले उनीहरुको हरहिसाब राख्न डबल इन्ट्री बुक प्रयोग गर्न सुरु गरेका थिए ।

साभार : रोचक तथा ज्ञानवर्द्धक तथ्यहरुपुस्तकबाट