sf7df8f}F, !& ebf} . bz/y /ªuzfnfdf laxLaf/ ePsf] g]kfn–ef/t d}qLk"0f{ km"6an k|ltof]lutf v]Nb} v]nf8L . k|ltof]lutfdf Ps÷Ps uf]n u/L a/fa/L ePsf] lyof] . t:jL/ M /Tg >]i7, /f;;

खेलकुद

साफ फुटबल : उपाधिका लागि नेपाल र भारत खेल्दै

By खबरहब

October 16, 2021

काठमाडौँ- साफ फुटबलको उपाधि भिडन्त आज हुँदैछ ।

उपाधिका लागि नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आज राति ८:४५ बजे माल्दिभ्स फुटबल स्टेडियममा खेल्दैछ ।

१३औँ संस्करणको खेल चलिरहँदा पहिलो पटक उपाधि नजिक पुगेको नेपाललाई ७ पटक उपाधि जितेर सर्वाधिक सफल बनेको भारतसँग खेल्न त्यति सजिलो छैन ।

भारत लिग चरणको विजेता बन्दै फाइनल पुगेको हो भने नेपालले उपविजेता बन्दै फाइनल यात्रा तय गरेको थियो ।

भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजासहित ८ अंक बटुल्यो । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजासहित ७ अंक प्राप्त गरेको थियो ।

यसअघिका २२ खेलमा नेपालले भारतसँग १४ हार, ५ जित र २ खेल बराबरी गरेको थियो । जारी प्रतियोगितामा समूह चरणमा पनि भारतले नेपाललाई १-० ले हराएर आफू बलियो रहेको प्रमाणित गरेको थियो ।

नेपाली टिमका प्रशिक्षक किरण श्रेष्ठले ऐतिहासिक रुपमा फाइनल प्रवेश गरेको उल्लेख गर्दै प्राप्त अवसरलाई नगुमाउने र जित्नकै लागि खेल्ने उद्घोष गरेका छन् ।

भारतका प्रशिक्षक शानमुगम वेंकटेशले आफ्नो टिम पुरै आत्मविश्वासी र प्रेरित भएर उपाधि रक्षाका लागि मैदान उत्रने बताएका छन् ।