फाइल फोटो

अन्तर्राष्ट्रिय

भारतमा थप १६ हजारमा संक्रमण, १६३ संक्रमितको मृत्यु

By खबरहब

October 16, 2021

काठमाडौँ– भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४० लाख ५२ हजार ६८७ पुगेको छ ।

यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ८ हजार ३२४ जना सक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन १६३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५२ हजार १० पुगेको छ ।