सांकेतिक तस्बिर

समाचार

दुर्घटनामा दुई जनाको मृत्यु

By खबरहब

October 16, 2021

हेटौँडा- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातमाटेमा यात्रुबाहक बसले मोटरसाइकललाई ठोक्काउँदा दुईजनाको मृत्यु भएको  छ ।

शुक्रबार राति सवा ९ बजेतिर नारायणगढबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठोक्काउँदा दुईजनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा सवार हेटौंडा–१५ का १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ का २२ वर्षीय सुशान्त दियाली प्रहरीले जनाएको छ ।

गम्भीर घाइते दुवै जनालाई हेटौंडा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । ठक्कर दिने बस र  चालक प्रहरीको नियन्त्रणमा छन् ।