खेलकुद

अञ्जन विष्टले साफ फुटबलको फाइनल खेल गुमाउने

By खबरहब

October 16, 2021

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले साफ फुटबलको आज हुन लागेको फाइनल खेल गुमाउने भएका छन् ।

दोहोरो पहेँलो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाउने भएका हुन् ।

यसअघि भारतसँगको खेलको अन्तिम समयमा पनि उनले पहेँलो कार्ड पाएका थिए ।

गएको बुधवार बंगलादेशसँगको खेलमा बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्‍याउन नायक बनेका उनले खेल गुमाउँदा नेपाललाई दबाब पर्नेछ ।

फाइनल खेल आफूले खेल्न नपाए पनि आफ्ना सहकर्मीले मेहनत गरेर नेपाललाई जिताउने उनको विश्वास छ ।