आर्थिक

फलफूलको मूल्य बढ्यो

By खबरहब

October 16, 2021

काठमाडौँ– दसैंमा फलफूलको मूल्य तुलनात्मक रुपमा आकासिएको छ ।

चाडपर्वमा फलफूलको व्यापार निकै राम्रो हुने गर्छ । यसको ब्यापार अन्य समयकोभन्दा ७ गुणासम्म बढी हुने गरेको फलफूल थोक व्यवसायी संघले जनाएको छ ।

दसैंका टिका थाप्न जादा फलफूल कोशेली लाने चलन रहेकाले पनि फलफूलको व्यापार निकै बढेको छ । तर, थोक बजारकोभन्दा यस्ता खुद्रा पसल र ब्यापारीकोमा फलफूलको भाउ उच्च छ । स्याउ, केरा, नरिवल, मौसमी र सुन्तला धेरै प्रयोग र किनबेच हुने फलफूल हुन् ।

फलफूलको बजार मूल्य सबै ठाउँमा एकनाश छैन । त्यसैले एउटै प्रजातिका फलफूल किन्दा उपभोक्ताहरुले फरक फरक मूल्य तिर्न बाध्य छन् ।