धर्म / संस्कृति

भक्तपुरमा मनाइयो कुभिण्डे जात्रा

By खबरहब

October 16, 2021

काठमाडौँ– भक्तपुरको मध्यपुरथिमिस्थित बालकुमारीमा मनाइने प्रसिद्ध कुभिण्डे जात्रा मनाइएको छ ।

विजया दशमीको भोलिपल्ट एकादशीको दिन थिमिमा मनाइने यो जात्रामा हातमा खड्ग बोकेका व्यक्तिहरुलाई नगर परिक्रमा गराउने गरिन्छ । मल्लकालदेखि चल्दै आएको विश्वास गरिने खाँ पिहाँवइगु जात्रामा खड्ग, तरबार ढाल सहित युद्ध कला प्रदर्शन गरिन्छ ।

खड्ग बोकेकाहरुले बालकुमारीमा गएर दैत्य आकृतिको कुभिन्डो माथि प्रहार गरेका थिए । कुभिण्डोको टुक्रा टिपेर लान सक्नेको घरमा सुखशान्ति हुने र ती टुक्राले औषधिको समेत काम गर्ने जनविश्वास रहिआएको छ ।