देश/प्रदेश

बैतडी दुर्घटनाका ४ घाइतेलाई धनगढी रिफर

By खबरहब

October 16, 2021

बैतडी– बैतडीको बिन्द्रावनमा जिप दुर्घटना हुँदा घाइते भएका ६ जनामध्ये ४ जनालाई धनगढी रिफर गरिएको छ ।

जिल्लाको सिगास गाउँपालिका १ बिन्द्रावन नजिक शुक्रबार राति जन्ती बोकेको से १ ज १७० नम्बरको जिप दुर्घटना हुँदा घाइते भएका ६ जना घाइते सुर्नया गाउँपालिका ८ का २१ वर्षीय तेज बोहरा, ३० वर्षीय प्रकाश बोहरा, १४ वर्षीय सुशील बोहरा र सिगास गाउँपालिका ४ का २० वर्षीय भरत सिंह बोहरालाई धनगढी रिफर गरिएको हो ।

उनीहरूको कैलालीस्थित पद्मा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । घाइतेमध्ये दुईजनालाई डडेल्धुरामा उपचारपछि घर पठाइएको छ ।