एमी भन्छिन्, ‘मेरो सुन्दरता र हटनेशका कारण कसैले जागिर दिएनन्’

By खबरहब

November 16, 2021

विश्वभर बेरोजगारीको समस्या छ । रोजगारी नपाउनुमा धेरै कारण छन् । कोहीसँग राम्रो शिक्षा र अनुभव हुँदैन त कोहीसँग क्षमता भएर पनि चिनजान अभावले रोजगारीबाट वञ्चित हुनु परेको हुन्छ ।

तर हालै एमी कुप्स नामक एक मोडलले आफू बेरोजगार हुनुको अनौठो कारण बताएर विश्वलाई नै चकित पारेकी छन्।

संयुक्त राज्य अमेरिकाको दक्षिण पूर्वी राज्य नर्थ कैरोलिनाकी एमी अहिले बेरोजगार छिन् । आफू बेरोजगार बन्नुमा एमीले आफ्नो सुन्दरता र  हटनेस भएको उनले बताएकी छन् । उनी केहि बर्षयता राम्रो जागिरको खोजीमा छिन् । तर हरेक अन्तर्वार्तापछि उनको हातबाट जागिर गुम्दछ । जसको कारण आफ्नो सुन्दरता रहेको एमीको दाबी छ ।

उनी केही वर्षअघिसम्म शिक्षण पेसामा थिइन् । त्यसबेला उनी वन्ली फ्यान्स मोडल रहेको थाहा पाएपछि उनलाई जागिरबाट निकालियो । एमीका अनुसार पछिल्ला अन्तर्वार्तामा उनलाई प्रश्न सोध्नेहरू उनलाई हेरिरहन्छन् । उनको यही सुन्दरता र हटनेसमा पुरुष मोहित हुन्छन् र जागिर दिइँदैनन् ।

एमी आफ्नो सुन्दरताका कारण रोजगारी नपाएको र करियरको बाधक सुन्दरता भएको भन्दै चिन्तित छिन् । अहिलेसम्म उनले हेल्थ सेक्टर इन्स्योरेन्स, रीटेल स्टोर्स, कार मार्केटिङ जस्ता क्षेत्रमा अन्तर्वार्ता दिएर पनि जागिर पाएकी छैनन् ।

वन्ली फ्यान्स मोडलको मद्दतले राम्रो आम्दानी भने उनी गरिरहेकी छन् ।