जोक्स

चुट्किला : विपक्षीलाई दोब्बर वरदान

By खबरहब

November 16, 2021

एक चुनावी क्षेत्रमा दुई जना प्रतिस्पर्धी उम्मेदवार थिए । तीमध्ये एक जना शिवको अनन्य भक्त थियो । एक दिन शिवजीले उसलाई दर्शन दिए र भने— म तिम्रो भक्तिबाट प्रसन्न छु । वरदान माग । तर विचार गर, तिमीले जे माग्छौ म तिमीलाई दिन्छु, तर तिम्रो विपक्षीलाई तिमीले मागेभन्दा दुई गुणा बढी दिन्छु ।

हुन्छ भगवान् । उसले खुसी हुँदै भन्यो ।

माग ! कैलाशपतिले आदेश दिए ।

उसले वरदान माग्यो— प्रभु, मलाई कुटेर अधमरो बनाइदिनुस् ।

साभार  : ‘भद्रगोल, हँसाउने चुट्किला’ पुस्तकबाट