स्वादिष्ट ग्रिन हरा मटन कबाफ बनाउने तरिका

By खबरहब

November 16, 2021

आवश्यक सामग्री : 

१ किलो खसीको मासु, ५ कल्ली पालक, २५० ग्राम प्याज कोरेको, २५० ग्राम गोलभेँडा, पिनेको ५०-५० ग्राम लसुन अदुवा पेस्ट, १५ ग्राम कसुरि मेथी (बजारमा किन्न पाइन्छ) १-१ टि स्पुन जिरा, धनियाँ, खोर्सानी, बेसार, नरिवल धुलो १-४ टि स्पुन, गरम मसला, नुन, तेल इच्छाअनुसार ।

बनाउने तरिका :

मासुलाई सफा गरी सानो पिस गर्नु । नुन, बेसार, तेजपात राखी सानो आगोमा छोपेर पाक्ने गरी पकाउनु, मासु पाकेपछि पालक सफा गरी काटेर उसिन्नु र पिन्नु । तेल तताई प्याज रातो हुने गरी भुट्नु, लसुन गोलभेँडा, पालक मसलाहरू राखी तेल नछुन्टिन्जेलसम्म भुट्नु र पाकेको मासु मिसाउनु र ५-६ मिनेट पुन: पकाउनु स्वादिष्ट पालक मटन तयार भयो ।

साभार : ‘सजिलो कुकिङ’ पुस्तकबाट