राजनीति

प्रधानन्यायाधीश राणाले आजलाई तोके १० इजलास

By खबरहब

November 16, 2021

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले आजलाई १० इजलास तोकेका छन् । राणाले दुई एकल र आठ संयुक्त इजलास तोकेका हुन्। उनले आफ्नो लागि भने कुनै इजलास तोकेका छैनन् ।

आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको छ ।

यसैबीच नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाविरुद्धको आन्दोलन थप सशक्त बनाउने तयारी गरेको छ।

राजीनामा दिनुको साटो विज्ञप्ति जारी गरी वार्ताको आह्वान गरेको भन्दै बारले आन्दोलन थप सशक्त बनाउन लागेको अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए। नयाँ सशक्त आन्दोलन बारे छलफल गर्न बारले आज दिउँसो १ बजेलाई केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।