फाइल फोटो

आर्थिक

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार

By खबरहब

November 16, 2021

काठमाडौँ– नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ ।

नयाँ मूल्य अनुसार आज छापावाल सुन तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ३०० रुपैयाँ छ । अघिल्लो दिन तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा १० रुपैयाँले बढेर तोलाको एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ ।

चाँदी शुक्रबार प्रतितोला एक हजार २८० रुपैयाँमा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ ।