समाचार

सर्वोच्चका चार न्यायाधीश नियमित इजलासमा फर्किए

By खबरहब

November 16, 2021

काठमाडौँ– सर्वोच्च अदालतका चार न्यायाधीश नियमित इजलासमा फर्किएका छन् ।

न्यायाधीश इजलासमा फर्किएसँगै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दामा पनि सुनुवाइ शुरु भएको छ। तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ र मनोज शर्मा नियमित इजलासमा फर्किएका हुन् ।

यसअघि बन्दीका मुद्दा मात्र सुनुवाइ गर्दै आएका उनीहरुले आजबाट अन्य मुद्दाको पनि सुनुवाइ शुरु गरेका हुन् ।

करिब तीन सातादेखि नेपाल बार एशोसिएशनका कानून व्यवसायी र सर्वोच्चका न्यायाधीशहरु प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा छन् ।

प्रधानन्यायाधीश राणाविरुद्धको आन्दोलन थप सशक्त बनाउन सोमबार नेपाल बार र सर्वोच्च बारका पदाधिकारीसँग आयोजित छलफल बहिष्कार गरेका ५ जना मध्ये ४ जना न्यायाधीश नियमित मुद्दाको सुनुवाइका लागि इजलासमा फर्किएका हुन्।