राजनीति

प्रधानन्यायाधीशको समर्थन गर्दै आमरण अनसन बस्न खोज्ने तारा बरालको समूह पक्राउ

By खबरहब

November 16, 2021

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको समर्थनमा न्यायालय खोल्नु पर्ने माग राख्दै आएका तारा बराल लगायतको समूह आज भद्रकालीबाट पक्राउ परेको छ ।

भद्रकाली मन्दिर छेउ पिपलबोटमा आमरण अनसन बस्ने क्रममा बरालसहित ५ जनालाई महानगरीय प्रहरी परिसर काठमाडौँले नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई भृकुटीमण्डपमा राखिएको छ । बराल समूहले न्यायाधीश इजलासमा फर्किनुपर्ने, सेवाग्राहीले सेवा पाउनुपर्ने माग राख्दै सर्वोच्च अदालत परिसर र नेपाल बार एसोसिएसन परिसरमा पनि धर्ना दिने, प्रदर्शन गर्ने गतिविधि गर्दै आएको छ । प्रहरीले पनि उनीहरुलाई धरपकड गरेर हटाउँदै आएको छ ।