मनोरञ्जन

डोल्पामा धमाधम खिचिँदै ‘बुलाकी’

By खबरहब

November 16, 2021

काठमाडौ– तिहार लगतै छायांकन सुरु गरिएको फिल्म ‘बुलाकी’ को ३५ प्रतिशत छायांकन पुरा भएको छ । डोल्पाको त्रिपुरा नगरपालिकाको सु गाउँ,लहरालगायतका स्थानमा छायांकन भइरहेको फिल्मका लागि तिहार अघि नै सुटिङ युनिट काठमाडौंबाट डोल्पा पुगेको थियो ।

छत्रेश्वरी म्यानेज्मेन्टको ब्यानरमा मोती विष्टको प्रस्तुति र गोपाल विष्ट निर्माता रहेको फिल्ममा लक्ष्मण सुनारको निर्देशन छ । फिल्ममा नरेन खड्का, सुरक्षा पन्त, नवअभिनेता विराज विष्ट, प्रकाश कँडेल, सरस्वती खत्रीलगायतका कलाकारको अभिनय छ ।

कर्णाली भेगको मौलिक कथामा निर्माण भइरहेको फिल्मको छायांकार शिव ढकाल हुन् । शे–फोक्सोन्डो तालमा समेत खिचिने फिल्ममा रमेश बुढाथोकी, सुशील पोखरेल, लक्ष्मी गिरी, कुलदीप अधिकारी, झलनाथ खत्री, उपासना वाइवा, सोनु सेढाई, धनबहादुर राई, कमल गाउँले, अमित परियारलगायतको पनि अभिनय छ ।

सौगता कँडेल सह–निर्माता रहेको फिल्मको गीतमा गोविन्द मधुर आचार्य, श्रीकृष्ण बम मल्ल र बादल थापाको संगीत छ ।