बलिउड/हलिउड

र्‍यापर रुहान अरशदद्वारा संगीत छोड्ने घोषणा

By खबरहब

November 16, 2021

मुम्बई(अमर उजाला)– मिया भाई फेम र्‍यापर रुहान अरशदले इस्लामका लागि संगीत छोड्ने घोषणा गरेका छन् । उनले इस्लाममा संगीत ‘हराम’ रहेकाले आफूले पूर्ण रुपमा संगीत उद्योगबाट बिदा लिने निर्णय लिएको खुलाए । उनले एक भिडियो सामाजिक सञ्जालमा साझा गरेका छन् ।

‘आगामी दिनमा संगीतसँग सम्बन्धित जे कुरा आउँछन, इंशाअल्लाह म आफैं रोक्नेछु कि यी कुरा गर्न आवश्यक छैनन् । मैले पूर्ण रुपमा संगीतको दुनियाँ छोड्ने निर्णय लिएको छु । अब म कहिल्यै म्युजिक भिडियो बनाउदिनँ । मलाई थाहा छ कि इस्लाममा संगीत पाप हो । तर मेरो रुची थियो, जसकारण अहिले यहाँसम्म आइपुगें’, उनले भनेका छन् । उनले आफ्नो संगीत यात्रामा भेटिएका फ्यानलाई धन्यवाद दिएका छन् ।

उनले ती मानिसहरुलाई पनि संगीत छोड्न सल्लाह दिएका छन्, जो मानिसहरु उनलाई हेरेर संगीत उद्योगमा आएका थिए ।