समाचार

आज कुन उमेर समूहमा कति कोरोना संक्रमित थपिए ?

By खबरहब

November 16, 2021

काठमाडौँ– पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३१ देखि ४० उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३१ देखि ४० वर्ष उमेर समूहका सबैभन्दा धेरै ८९ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तो छ उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण : ०–१० वर्ष –१० ११–२० वर्ष –२४ २१–३० वर्ष –७७ ३१–४० वर्ष – ८९ ४१–५० वर्ष – ३९ ५१–६० वर्ष – ५३ ६१–७० वर्ष –२१ ७१–८० वर्ष – १८ ८० वर्षभन्दा माथि –५ अज्ञात– ३