फाइल फोटो

समाचार

कञ्चनपुरबाट तीन जिल्लामा कैदीबन्दी स्थानान्तरण

By खबरहब

December 16, 2021

कञ्चनपुर – जिल्ला कारागार कञ्चनपुरबाट २८ कैदीबन्दीलाई स्थानान्तरण गरिएको छ ।

कारागार कार्यालयका प्रमुख मायाकुमारी थापा बस्नेतका अनुसार कैलाली र डडेल्धुरामा १०-१० जनालाई र दार्चुला कारागार ८ जनालाई स्थानान्तरण गरिएको हो ।

‘कैदीबन्दीलाई खान बस्नसमेत समस्या भएपछि अन्यत्र स्थानान्तरण गरेका छौं’, उनले भनिन्, ‘टिनसेट, त्रिपाल र बरण्डामा राखिएका कैदीबन्दीलाई बस्नै अप्ठेरो भयो, त्यही भएर अन्यत्र पठाएका हौं ।’ कारागारमा ९५ पुरुष कैदीबन्दी र २० महिला राख्ने क्षमता छ । तर ४२५ कैदीबन्दीलाई राखिएको छ ।

स्थानान्तरण गरिएका कैदीबन्दीमा लागूऔषध, मानव बेचबिखन र सवारी ज्यान मुद्धामा सजाय भोगिरहेका रहेका छन्। सुत्नका लागि ठाउँ अभाव हुँदा कैदीबन्दीले अनिदोमै रात बिताउनुपर्ने अवस्था थियो ।

कारागारभित्र रहेका भवनमा छ शौचालय र आठ बस्ने कोठा रहेका छन् । शौचालय जानका लागि समेत लाईनमै बस्नु पर्दा समस्या भएको कैदी बन्दीले बताएका छन् ।