अटो

मंसिरमा मुक्तिनाथ बैंकका दुई सहयोग

By खबरहब

December 16, 2021

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको छ ।

मंसिर महिनामा मात्रै यो बैंकले २ विभिन्न सामाजिक उत्तरदायित्वमुलक काम गरेको बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङले जानकारी दिएका छन् ।

बैंकले ललितपुरस्थित मुक्तिनाथ मन्दिर परिसरमा तापक्रम र समय देखाउने डिजिटल डिस्प्लेको निर्माणको लागि १७ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।

यसैगरी आर्थिक स्थिति कमजोर भएका बालबालिकाहरुमा खेलकुद प्रतिभाको विकास गर्ने उद्देश्यले स्थापित सरोज टेबल टेनिस फर अल क्लबलाई ४० हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।