राजनीति

महामन्त्रीमा गगन थापाको जित निश्चित, विश्वप्रकाश विजयउन्मुख

By खबरहब

December 16, 2021

काठमाडौँ- नेपाली कांग्रेसमा नयाँ कार्यसमिति चयनका लागि भएको निर्वाचन अन्‍तर्गत जारी महामन्त्री पदको गणनामा गगन थापाको जित निश्चित भएको छ ।

३ हजार ८६७ मत गन्‍दा थापाले २ हजार ५१८ मत मत पाएका थापाको जित निश्चित भएको हो । दोस्रोमा विश्वप्रकाश शर्मा पनि जित उन्मुख देखिएका छन् । उनले १ हजार ५९० मत पाएका छन् ।

शर्मालाई तेस्रो स्थानमा डा.प्रकाशशरण महतले पच्छ्याइरहेका छन् । उनले १ हजार २९६ मत पाएका छन् । चौथो स्थानमा प्रदीप पौडेलले १ हजार १६७ मत पाएका छन् । डा. मिनेन्द्र रिजालको ६७९ मत पाउँदा राजाराम कार्कीले ८७ मत मात्रै ल्याएका छन् ।