मनोरञ्जन

साथी मार्टको ‘ब्राण्ड एम्बेसडर’ बने राजेश हमाल

By खबरहब

December 16, 2021

काठमाडौं– नेपालका विभिन्न स्थानमा ८५ भन्दा बढी आउटलेट विस्तार गरिसकेको ‘साथी मार्ट’ ले अभिनेता राजेश हमाललाई ‘ब्रान्ड एम्बेसडर’का रुपमा नियुक्त गरेको छ । बिहीवार राजधानीमा एक कार्यक्रम बीच ‘साथी मार्ट’ का संस्थापक तथा सिईओ सागर पोखरेल र हमालले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सम्झौतासँगै अब हमालले विभिन्न माध्यमबाट ‘साथी मार्ट’ को प्रचारप्रसार गर्नेछन् ।

मार्टका सिइओ पोखरेलले हमालका कारण ‘साथी मार्ट’ को ब्रान्डिङ गर्न थप सहयोग पुग्ने बताए । ‘रिटेल व्यवसायको एउटा ब्रान्डले फिल्म क्षेत्रको एउटा ब्रान्डससँग सहकार्य गर्न पाउनु खुसीको कुरा हो । नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको रिटेल व्यवसायको बजार छ भन्ने सन्देश दिनका लागि पनि उहाँ राजेश हमालको माध्यमबाट ठूलो सहयोग पुग्छ भन्ने हामीले विश्वास लिएका छौं,’ उनले भने ।

अभिनेता हमालले सार्वजनिक व्यक्ति भएपछि कुनै उत्पादन र कम्पनीमा जोडिँदा त्यसको विश्वसनियता र उद्देश्य के हो भन्ने कुराले महत्व राख्ने बताए ।

काठमाण्डौमा मात्र मार्ट सफल हुन सक्छ भन्ने परम्परालाई हटाउँदै ‘साथी मार्ट’ सुरुवातको १६ महिनामा सातै प्रदेशका शहरमा सात दर्जन बढी आउटलेट सञ्चालन गर्दै झापाको काकडभिट्टादेखि दोलखाको जिरीसम्म पुगिसकेको छ । सिइओ पोखरेलले आगामी तीन वर्षभित्र एक हजार आउटलेट खोल्ने लक्ष्य राखेको मार्टले ‘मेड इन नेपाल’ कलेक्सनलाई जोड दिएको बताए ।