इनसाइट/स्पेशल

वसन्त ऋतुमा हिमाल चढ्न ६२६ जनाले लिए अनुमति

By खबरहब

April 17, 2021

काठमाडौँ– विभिन्न हिमाल आरोहणका लागि अनुमति लिनेहरुबाट ४५ करोड रुपैयाँ भन्दा बढी राजस्व संलकन पर्यटन विभागले जनाएको छ ।

१६ वटा हिमाल आरोहणका लागि ७१ वटा टीमका १४५ महिला र ४९३ जना पुरुषले ४५ करोड १९ लाख ५५ हजार ४९४ रुपैयाँ राजस्व बुझाएका हुन् ।

हिमाल आरोहणका लागि वसन्त ऋतुको समयमा हालसम्म ६२६ जनाले अनुमति लिएका छन् ।

सगरमाथा, अन्नपूर्ण, धौलागिरि र लोत्सेसहित विभिन्न १६ वटा हिमाल आरोहणका लागि हालसम्म अनुमति लिनेको संख्या ६२६ पुगेको छ । पर्यटन विभागका अनुसार सबैभन्दा बढी सगरमाथा आरोहणका लागि ३३८ जनाले अनुमति लिएका छन् ।

३६ वटा टोलीका २६६ जना पुरुष र ८४ जना महिलाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । त्यसैगरी लोत्से हिमाल आरोहणका लागि हालसम्म १०४ जनाले अनुमति लिएका छन् ।

अन्नपूर्ण हिमालका लागि ४४ जना, धौलागिरि हिमाल आरोहणका लागि ३० जना, आम दब्लम हिमालका लागि २७ जना, नुप्से हिमालका लागि २३ जना र मकालु हिमालका लागि २० जनाले अनुमति लिएका छन् ।