देश/प्रदेश

सिंहदरबार गेटैमा दुर्घटना, मन्त्रीको गाडीमा उपसचिवको गाडी ठोक्कियो

By खबरहब

May 17, 2021

काठमाडौँ– सिंहदरबारको मूल गेटमै सोमबार दिउँसो सवारी दुर्घटना भएको छ । मन्त्रीको गाडीमा ठोक्किएर उपसचिवको गाडीमा क्षति भएको छ ।

सिंहदरबारको पश्चिम गेटमा प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री टंक आङबुहाङको को १ झ ६९९ नम्बरको गाडीमा नागरिक उड्डयन मन्त्रालयका उपसचिव गुरु खतिवडाले चलाएको बा २ झ २९६१ नम्बरको गाडी पछाडिबाट ठोक्किएको हो ।

मन्त्रीको गाडी बिना संकेत देब्रे मोडिएर सिंहदरबार छिर्न खोज्दा पछाडिको गाडी ठोक्किएको हो । तर महानगरीय ट्राफिक प्रहरी प्रमुख जनक भट्टराईले भने दुवै गाडी एउटै दिशाबाट आइरहेकाले ठोक्किएको र मन्त्रीको गाडीमा सामान्य क्षति पुगेको बताए ।