आर्थिक

दश हजार नगदसहित कुमारी स्मार्ट लग इन च्यालेन्ज

By खबरहब

August 17, 2021

काठमाडौँ- डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंकले ग्राहकलाई लक्षित गरी कुमारी स्मार्ट एक महिने लगइन च्यालेन्ज अभियाज सुरु गरेको छ ।

सो अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली सहभागीले एक हजार रुपैयाँका दरले पुररस्कार पाउने बैंकले जनाएको छ । यस अभियानको अन्त्यमा एक भाग्यशाली कुमारी स्मार्ट प्रयोगकर्ताले बम्पर उपहारस्वरुप १० हजार रुपैयाँ प्राप्त गर्न सक्ने बताइएको छ ।

यस अभियानमा सहभागी हुन ग्राहकले सो अभियान सुरू भएको एक महिनासम्म विभिन्न शर्तहरु पाला गर्नुपर्ने बैंकले जनाएको छ । जसअनुसार बैंकको एपमार्फत आफ्नो खाताको विवरण हेर्ने र क्यूआर कोर्डमार्फत विभिन्न सेवाबापतको बिल भुक्तानी गर्नुपर्ने छ ।

बैंकले डिजिटल प्रणालीमार्फत सेवाग्राहीलाई उत्कृष्ट सेवा प्रदान गर्न अत्याधुनिक डिजिटल बैंकिङ सुविधाहरु थ्प गर्दै लैजने प्रतिवद्धता पनि जनाएको छ ।