रोचक/विचित्र संसार

दुबै हात नभएका इब्राहिम, जसले  टेबल टेनिस खेलरे बने भाइरल ! (भिडियोसहित)

By खबरहब

September 17, 2021

दुबै हात खुट्टा गुमाएका केही मानिस यसरी हौसलापूर्ण जीवन जिउँछन् जसलाई देखेर सबल मानिस समेत दंग पर्दछन् । यस्तैमा एक पाराओलम्पिक खेलाडीको हौसलाले विश्वलाई चकित तुल्याएको छ ।

दुर्घटनामा आफ्नो दुबै हात गुमाएका इब्राहिम हमदतूलाई पाराओलम्पिक खेलसम्म पुर्याउने एक मात्र अस्त्र थियो-  उनको हौसला र हिम्मत ।

 मुखमा ब्याट च्यापेर सबैलाई चकित पार्नेगरी उनी टेबल टेनिस खेल्छन् । उनले खेलेको भिडियो अहिले भाइरल बनेको छ ।

मिस्रका खेलाडी इब्राहिमको टेबल टेनिस खेल्ने प्रतिभा अद्भुत छ । दुबै हात नभएका उनी आम टेनिस खेलाडी जस्तै फुर्तीका साथ टेनिस खेल्ने गर्दछन् ।

उनी खुट्टाले बल उठाएर सर्विस गर्छन् र मुखले च्याएको ब्याटले बल पास गर्छन् । उनको यो प्रतिभाले हातले टेबल टेनिस खेल्ने खेलाडी प्रतिद्वन्दी पनि हायलकायल हुने गर्छन् ।

४८ वर्षीय टेबल टेनिस खेलाडी इब्राहिमले १० बर्षको उमेरमा रेल दुर्घटनामा आफ्ना दुबै हात गुमाएका थिए । त्यसयता टेबल टेनिसको क्षेत्रमा लामो यात्रा तय गरेर उनी पाराओलम्पिक खेलसम्म पुगेका हुन् । यसका लागि उनलाई साथीले सुझाएका थिए ।

हेरौँ भिडियो

This is incredible. 48 year old Egyptian Paralympian Ibrahim Hamadtou who lost his arms in a train accident aged 10 in Tokyo today. Could have played football but took up table tennis “as a challenge.” How inspiring is this? (via @Ch4Paralympics) pic.twitter.com/ONB59KwgVD

— Omid Djalili (@omid9) August 25, 2021