रोचक/विचित्र संसार

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

By खबरहब

October 17, 2021

१. दाँतका बिरामी

संसारमा सबैभन्दा बढी दाँतका बिरामी हुन्छन् ।

२. जि पिन

चिनियाँहरुले सूर्योदयको देश भन्दा Jhi-Pin भन्छन् । यसै शब्दबाट जापान हुन गएको हो ।

३. बक्स जेलिफिस

बक्स जेलिफिसको विषलाई धेरै खतरनाक मानिन्छ । यसको विषले ३० सेकेण्डभित्र एक जना मान्छे मर्न सक्छ ।

४. क्यामिलिओन

यो छेपारोको जिब्रो उसको शरीरभन्दा लामो हुन्छ । आफ्नो छालाको रङ फेर्न पनि यो सिपालु हुन्छ । यसको एक एक वटा आँखाले एकैपटक भिन्नाभिन्नै दिशामा हेर्न पनि सक्छ ।

५. १२ वर्ष

सन् १९७७ मा Voyager 2 उपग्रह पृथ्वीबाट प्रक्षेपण गरिएको थियो । त्यो उपग्रह प्रक्षेपण गरेको १२ वर्षपछि Neptune ग्रहको छेउ पुग्न सफल भएको थियो ।

साभार :रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु पुस्तकबाट