फाइल फोटो

भारत / चीन / सार्क

भारतमा २४ घण्टामा १४ हजार संक्रमित थपिए

By खबरहब

October 17, 2021

काठमाडौँ–भारतमा पछिल्लो २४ घण्टामा १४ हजार ७३ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै त्यहाँ कुल संक्रmमितको संख्या ३ करोड ४० लाख ६६ हजार ७६० पुगेको छ । तीमध्ये ३ करोड ३४ लाख १२ हजार १३८ जना निको भइसकेका छन् ।

यही अवधिमा भारतमा १४६ जनाको मृत्यु भएको छ भने १९ हजार ७८५ जना निको भएका छन् ।

ओल्डोमिटरको पछिल्लो विवरणअनुसार यससँगै हालसम्म कोरोनाबाट ४ लाख ५२ हजार १५६ जनाको मृत्यु भइसकेको छ ।

भारतमा सकृय संक्रमितको संख्या २ लाख २ हजार ४६६ रहेको छ ।