फाइल तस्विर

समाचार

फेसबुकमा कमेन्ट गर्नेलाई पेस्तोल ताक्ने प्रहरीको नियन्त्रणमा

By खबरहब

October 17, 2021

काठमाडौं – सर्लाहीको बलरा नगरपालिका-३ लक्ष्मीपुरका एक युवकलाई प्रहरीले पेस्तोलसहित नियन्त्रणमा लिएको छ।

सीमा प्रहरी चौकी बलरामाको टोलीले २४ वर्षीय नवनित झाको साथबाट शनिबार दिउँसो एक थान पेस्तोल र एक थान म्याग्जिन नियन्त्रणमा लिएको हो।

लक्ष्मीपुरकै ३५ वर्षीय विनय झा र नवनितबीच फेसबुकमा कमेन्ट गरेको विषयलाई लिएर विवाद हुँदा नवजितले पेस्तोल ताकेको प्रहरीले बताएको छ।

यस सम्बन्धमा थप अनुसन्धान भइहेको प्रहरीले जनाएको छ ।