समाचार

मोहन वैद्य अस्वस्थ, नर्भिकमा भर्ना

By खबरहब

October 17, 2021

काठमाडौँ– नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य (किरण) अस्वस्थ भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई आइतबार अस्पताल भर्ना गरिएको छ ।

उनलाई राजधानीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

७४ वर्षीय वैद्य लामो समयदेखि दमबाट पीडित छन् । आइतबार उनको दम बढेको जनाइएको छ ।