सांकेतिक तस्वीर ।

बलात्कार आरोपमा एकजना पक्राउ

By खबरहब

October 17, 2021

उदयपुर– ५१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका १० बस्ने ४३ वर्षीय धन बहादुर मगरलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

धन बहादुरले ती महिलालाई शनिबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।