समाचार

देशभरको मौसम सामान्य, चीसोबाट बच्न विभागको आग्रह

By खबरहब

November 17, 2021

काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाकाअनुसार हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन ।

विभागले आज बिहान जारी गरेको आगामी तीन दिनको मौसम पूर्वाअनुमान बुलेटिनअनुसार आज बुधबार बिहान पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा छ ।

आज दिउँसो प्रदेश १, वाग्मती र गण्डकीका भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।

हेर्नुहोस् तीन दिनको मौसम विश्लेषण

साथै विभागले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्नका लागि सतर्कता अपनाउन अनुरोध गरेको छ ।