खेलकुद

विश्वकपमा छनोट भइसकेको बेल्जियमसँग वेल्सको बराबरी

By खबरहब

November 17, 2021

काठमाडौँ – फिफा विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा बेल्जियम र वेल्सले बराबरी खेलेक‍ा छन् ।

समूह ‘ई’ बाट विश्वकपमा छनोट भइसकेको बेल्जियमलाई बराबरीमा रोकेसँगै वेल्सले विश्वकपको प्ले अफ छनोटमा स्थान बनाएको छ ।

मंगलबार राति भएको खेलको १२ औं मिनेटमा केभिन डे ब्रुएनले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए भने ३२ औं मिनेटमा केइफर मोरेले गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा पुर्‍याएका थिए ।

बेल्जियमले ८ खेलबाट २० अंक जोडेको छ । वेल्स १५ अंक जोडेर समूहको दोस्रो स्थानमा रह्यो ।